Aamsanchar

काँकडभिट्टाबाट लागुऔषधसहित चारजना पक्राउ

Author Image
आइतवार, मंसिर ७, २०७७

काँकडभिट्टा । प्रहरीले आईतवार झापाको मेचीनगर ७ स्थित मदन वस्तीमा रहेको आसन्ती राजवंशीको घरमा छापा मारेर नगदसहित लागूऔषधमा संलग्न चारजनालाई नियन्त्रणमा लिएको छ ।

उक्त घर भाडामा लिएर सीताराम आङ्गदम्वे र मनिषा मगर आङ्गदम्वे लागूऔषधको धन्दा चलाईरहेको भन्ने गोप्य सूचनाका धारमा प्रहरी छापाले मारेको थियो ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक जीवन मैनाली र लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाका प्रहरी नायव निरीक्षक किशोर श्रेष्ठको नेतृत्वको टोली छापा मारेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

आङ्गदम्वे दम्पतिले लागूऔषधको अवैध कारोवारबाट आर्जन गरेको नगद १ लाख ३३ हजार रूपैयाँ, १३ ग्राम ब्राउन सुगर, ३ थान मोवायल सहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए।

सँगै प्रहरीले लागूऔषध खरिद गर्न आएका धरान उपमहानगरपालिका ५ का कल्याण राई र ६ का रिजन लकान्द्रीलाई समेत नियन्त्रणमा लिएको बताईएको छ । राईका साथबाट ५ तथा लकान्द्रीकासाथबाट १० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले बताएको छ ।

लागूऔषधसहित उनीहरू सवार को ३५ प ७०१६ नम्वरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका चारैजनालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ । उनीहरू विरूद्ध प्रहरीले लागूऔषध बेचबिखन तथा ओसार पसारको मुद्दा दर्ता गर्ने भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर