Aamsanchar

आमरण अनसनमा बसेका मैनालीको स्वास्थ्य बिग्रदै

Author Image
बिहिवार, असोज १३, २०७३

chaitanya mainali
बिर्तामोड।

सरकारले तोकेको मापदण्ड पूरा गरेको वीएण्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिनुपर्ने लगायतका ६ बुँदे मागसहित आमरण अनशनमा बसेका चैतन्यप्रकाश मैनालीले विहीवार दोस्रो दिन पनि अनशन जारी राखेका छन् ।
स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीको तर्फबाट आमरण अनशनमा बसेका उपाध्यक्ष मैनालीले माग पूरा नभएसम्म अनशन जारी राख्ने बताएका छन् । यसैबीच समाजका उपाध्यक्ष प्रेम नेम्वाङ र सचिव टीका मंग्रान्तीले विहीवार नै विज्ञप्ति जारी गरी आमरणा अनशनको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग पूराका लागि पहल गरी दिन राजनीतिक दल, नागरिक समाज, मानवअधिकारवादी, सञ्चारकर्मी सबैमा आग्रह गरेका छन् । उनीहरुले यस विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।अनसनरत मैनालीको स्वास्थ्य अवस्था बिग्रदै गएको उनको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर