Aamsanchar

झापामा ‘द फन वल्र्ड पार्क’

Author Image
बिहिवार, असोज १३, २०७३

 

1 2 3 4 5सन्तोष अधिकारी

विर्तामोड।

पर्यटन प्रर्वद्धनलाई बढवा दिने उद्देश्यले झापाका ४ जना युवाले दुई करोड रुपैयाँको लगानीमा ‘द फन वल्र्ड पार्क’ निर्माण गरेका छन् । झापाको शनिअर्जुन नगरपालिका–२ स्थित अर्जुनधारा जलेश्वर धाम नजिकै सो पार्क निर्माण गरेका हुन् । पूर्वाञ्चलमा नै पहिलो पटक आधुनिक र सुविधा सम्पन्न तथा पोखरापछि वाटल बल्व राखेर निर्माण गरिएको पार्कमा सुरज जोशी, सुरेन्द्र गुरागाई, समिर मोदी र राजनारायण साहको लगानी रहेको आज आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

एक लाख ८५ हजार वर्ग फिटमा फैंलिएको उक्त पार्कमा २ वर्ष माथि उमेर समूहका जो कोहीले भरपुर मनोरञ्जन लिन सकिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । भारतको सिक्किम, दार्जिलिङ, मिरिक, सिलगढी लगायतका पर्यटकलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको उक्त पार्कको उद्घाटन असोज १७ गते गरिने बताइएको छ ।
२५ वर्षका लागि जग्गा लिजमा लिएर पार्क निर्माण गरिएको र पार्कमा २० जनाले रोजगारी पाएको पत्रकार सम्मेलनमा ‘द फन वल्र्ड ’ पार्क निर्माण समिति अध्यक्ष जोशीले बताउनुभयो । एसी र डिलक्स भिआईपी लजको समेत व्यवस्था गरेर सञ्चालनमा ल्याएको पार्क निर्माणसंगै पूर्वाञ्चलवासी उत्साहित बनेको त्यहाँका स्थानीयवासीको भनाई छ ।

पार्कमा वनभोज स्थलसमेत रहेको र कसैले पार्क वुकिङ गर्नु परे ७ दिन अगावै वुकिङ गर्नु पर्ने सञ्चालक मोदीले बताउनुभयो । विहान १० वजेपछि मात्र पार्क खुल्ला रहने र विद्यालय पोशाकमा विद्यार्थीलाई प्रवेश निषेध गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । पार्कमा वोटिङ गर्दा अनिवार्य लाइफ ज्यामकेट लगाउनु पर्ने र पार्क प्रवेश गर्दा आधुनिक मेसिनद्वारा चेक जाँच गरेर मात्र प्रवेश दिइने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वार्षिक ५ लाख पर्यटक भित्र्याउने लक्ष्य सहित पार्क सञ्चालनमा ल्याइको बताइएको छ । पार्कमा वाटरवल वेटिङ,सुमो स्विट,पेन्ट वल,एटिभी वाहेक रेन्ड डान्स,वर्टर जर्व , वडी जर्व मोनोक्रोम रेष्टुरेन्ट, किड्स जोन रहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर