Aamsanchar

आफ्नै जीवनशैलीले मुटु रोगी बढे

Author Image
शुक्रवार, असोज १४, २०७३

 

[नरेन्द्र ढकाल]

विर्तामोड ।

heart deases
मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण नेपालमा मुटु रोग जटिल र भयानक बन्दै गएको मुटुरोग विशेषज्ञहरुले बताएका छन् ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा मुटु रोगीको सख्या १० वर्षयता पाँच गुणाले वृद्धि भएको छ । मानिसको जीवनशैलीमा आएको अस्वस्थकर परिवर्तन न मुटु रोगको पहिलो कारण बन्ने गरेको चिकित्सकहरुको भनाई छ । कञ्चनजंगा हस्पिटलका मुटु रोग विशेषज्ञ डा. सीपी यादवले भने–हृदयाघातसँगै उच्च रक्तचाप र मधुमेहजस्ता घातक रोग तीव्र गतिमा बढिरहेको छ । यसको मुख्य कारण भनेको मानिसको जीवन शैलीमा आएको परिवर्तन र अस्वस्थयकर खान नै भएको यादवले बताए ।

मुटु रोग बढ्नुमा जीवनशैलीसँगै धूमपान, मोटोपन, शारीरिक अभ्यासको कमी, असन्तुलित आहार, अल्छिपन, बनावटी खानाको अत्यधिक प्रयोग, मानसिक तनाव पनि एउटा कारणको रुपमा रहेको विर्ता सिटी हस्पिटलका मुटु रोग विशेषज्ञ डा. अनिल बस्नेतले बताएका छन् । नियमित स्वास्थ्य परीक्षण नगराउनु पनि हृदयाघातको मुख्य कारण रहेको मेची अञ्चल अस्पतालका सुपरिडेन्डेन डा.पिताम्बर ठाकुरले बताए । उनका अनुसार मानिसले आफ्नो जीवनशैलीमा व्यापक मात्रामा परिवर्तन गरेका कारण समस्या भएको छ । आफ्नो मुटुलाई स्वास्थ्य राख्ने हो भने खानपान र जीवनशैलीमा ध्यान दिनुपर्ने ठाकुरको भनाई छ ।

मुटुका विभिन्न समस्यामध्ये हृदयाघात, भल्बको रोग, मुटुका मसल कमजोर हुने रोग, मुटुको चालमा गढबढ हुनु र जन्मजात हुने मुटु रोग प्रमुख रहेको वि एण्ड सी हस्पिटलका मुटु रोग विशेषज्ञ डा. मझहर खानले बताए । मानिसको जीवनशैलीलाई ध्यान दिएर दैनिक एक घण्टा हिँड्ने बानी बसाल्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार झापामा मुटु रोगीको संख्या बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७२/७३ मा ७६ जना पुरुष र ६६ जना महिलालाई मुटुरोग लागेको थियो । चालु आर्थिक वर्ष २०७३/७४ को साउन १ गतेबाट असोज १३ गते बिहिबारसम्ममा २० जना पुरुष र १५ महिलामा मुटु रोग देखा परिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी वेदप्रसाद घिमिरे जानकारी दिए ।

झापामा वर्षेनी मुटु रोगी बढ्दै गएको भन्दै उनले खानपान र आफ्नो जीवन शैलीमा परिर्वतन गर्नुपर्नेमा जोड दिएका छन् । झापाका विभिन्न अस्पतालका मुटुरोग विशेषज्ञहरुले झापामा मात्र नभई विश्वमा नै पछिल्लो समय मुटु रोगीको संख्या बढ्दै गएको भन्दै आफ्नो खानपान र जीवनशैलीलाई ख्याल गर्न आग्रह गरेका छन् । उनीहरुले चिल्लो खानेकुरा नखान, बोसो नखान, मादक पदार्थ सेवन नगर्न, धुम्रापान नगर्न सुझाव दिएका छन् । उनीहरुले खानपीनमा ध्यान, फलफुल बढी मात्रामा खान र ब्ययाम गर्न सुझाव दिएका छन् । यसैबीच बिहिबार सेप्टेम्बर २९ तारिखका दिन विश्व मुटुरोग विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर