Aamsanchar

पूर्व सभामुख नेम्वाङ र मानव अधिकार आयोगको टोली विएण्डसी हस्पिटलमा

Author Image
शुक्रवार, असोज १४, २०७३

मैनालीको आमरण अनसनप्रति समर्थन जुट्दै

bnc

[विनोद पाण्डे/तस्वीरपनि]

बिर्तामोड ।
पूर्व सभामुख एवम् नेकपा एमालेका उप नेता सुवास चन्द्र नेम्वाङले बिर्तामोडस्थित विएण्डसी हस्पिटललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिनुपर्ने लगायतका ६ सूत्रीय माग राखी आमरण अनसनमा वसेका चैतन्य प्रकाश मैनालीलाई शुक्रवार अनसन स्थलमा पुगेर भेटेका छन् । स्वास्थ्य शिक्षा नागरिक सरोकार समाजका उपाध्यक्ष मैनालीले शुरु गरेको आमरण अनसन सफलताको शुभकामना व्यक्त गर्दै नेम्वाङले उक्त माग पुरा गर्न सरकारको ध्यानाकर्षणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनी संगै पुगेका झापा क्षेत्र नम्वर ४ बाट निर्वाचित सासद प्रेम वहादुर गिरीले पनि विएण्डसी हस्पिटललाई मेडिकल कलेजको अनुमति दिनु पर्ने लगायतका माग सहित आमरण अनसनमा वसेका मैनाली बारे सरकार र संसदको ध्यानाकर्षण गराउने बताए ।
यसैबीच राष्ट्रिय मानव अधिकार आयोगको टोली शुक्रवार नै विएण्डसी हस्पिटल पुगी आमरण अनसनरत मैनालीको स्वास्थ्य अवस्था र समितिको आन्दोलनबारे जानकारी लिएको छ ।
आयोगकी प्रवत्ता तथा सदस्य मोहना अन्सारी, सदस्य गोविन्द शर्मा पौडेल, आयोगका पूर्वाञ्चल प्रमुख झङ्कर वहादुर रावल, मानवअधिकार अधिकृत सन्तोष आचार्यको टोलीले समितिले अघि सारेका ६ वुँदे माग प्रति जानकारी लिदै आमरण अनसन प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । टोलीले मैनालीको स्वास्थ्य प्रति ध्यान दिन सरकारलाई आग्रह गरेको छ । कुनैपनि आन्दोलनको निष्कर्ष वार्ता र सम्वादबाट मात्र सम्भव भएको सन्र्दभमा कसैको पनि अधिकारमा आघात नपुग्ने गरी यथा शीर्घ वार्ताको माध्ययमबाट उचीत माग सम्वोधन गर्न आग्रह गर्दछौं भनिएको छ ।
त्यस्तै झापा सहित पूर्वका मानव अधिकारवादी संघ संगठले मैनालीको आमरण अनसन प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै स्वास्थ्य शिक्षा नागरिक सरोकार समाजले उठाएका माग, मेची वासीको आवश्यकतालाई ध्यान दिई तत्काल समस्या समाधान गर्न सरकारसंग अपिल गरेका छन् । उनीहरुले मैनालीको जीवन रक्षाका लागि माग समेत गरेका छन् ।
पूर्वाञ्चल मानव अधिकार मञ्च एवम् मानव अधिकार सञ्जाल झापाका अध्यक्ष लालराज सुवेदी, सञ्जाजलका उपाध्यक्ष सूर्यप्रकाश उप्रेती, पूर्वाञ्चल मानव अधिकार रक्षक परिषदका सह संयोजक विष्णुप्रसाद खरेल र मानव अधिकार शान्ति समाज एवम, मानव अधिकार संगठन झापाका पूर्व अध्यष डाक्टर चुडामणि शिवाकोटीले अनसन स्थलमा नै पुगेर सरकारको ध्यानार्कषण गराएका हुन् । उनीहरुले शुक्रवार नै संयुक्त विज्ञप्ति जारी गरी आफ्नो संगठनको धारणा समेत सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर