Aamsanchar

काठमाडौंमा आज यस बर्ष कै बढी चिसो, जनजीवन कष्टकर बन्दै

Author Image
शुक्रवार, पौष ३, २०७७

फायल तस्वीर

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । बिहान पौने ७ बजेको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको हो ।
यो यस वर्षकै न्यून तापक्रम मापन भएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । उनका अनुसार तापक्रममा अहिले केहीबेरपछि घटबड हुन पनि सक्नेछ । पश्चिमी तराई भू-भागका अधिकांश स्थानहरुमा शुक्रबार बिहानीपख बाक्लो हुस्सु कुहिरो लागेको छ ।

बाँकी तराई भू-भागका एक दुइ स्थानहरुमा हल्का हुस्सु–कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश न १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
मङ्गलवार, मंसिर ४, २०८१
आजको माैसम
आइतवार, मंसिर २, २०८१