एजेन्सी । कोरोना भाइरस संक्रमण लगातार बढ्न थालेपछि बेलायतमा फेरि सेमी लकडाउन भएको छ।
बेलायतका चार राज्यमध्ये वेल्स र नर्दन आयरल्यान्डमा देशव्यापी लकडाउन हुँदैछ। स्कटल्यान्ड र इंग्ल्यान्डमा लकडाउनमै जस्तै कडा प्रतिबन्ध घोषणा गरिएको छ। राजधानी लन्डनसहित दक्षिण र पूर्वी इंग्ल्यान्डका कयौं क्षेत्रमा आइतबारदेखि टिएर ४ प्रतिवन्ध लागू भएका छन्।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विशेष सम्बोधनमार्फत यसअघि कार्यान्वयनमा रहेका तीन तहका प्रतिबन्धभन्दा झनै कडा घोषणा गरेका हुन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 164