Aamsanchar

झापाको लसुनगञ्जबासी अब अध्यारो मुक्त

Author Image
सोमवार, असोज १७, २०७३

सुरुङ्गा (झापा) ।

झापाको दुर्गम र पछाडि परेको कुमरखोद–३ का १२५ घरपरिवारले बिजुली बत्ती बाल्न पाएका छन् ।

संसद् पूर्वाधार विकास कोषको रु १५ लाखको लागतमा कुमरखोद–३ को लसुनगन्जमा विद्युत् लाइन विस्तार गरिएपछि त्यहाँका स्थानीयवासीले बिजुली बाल्न पाएका हुन् ।
यहाँ आयोजित कार्यक्रममा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले विद्युत् प्रसारणलाइनको उद्घाटन गर्नुभयो । उहाँले त्यस क्षेत्रका स्थानीयवासीलाई ६८ थान विद्युत् मिटरसमेत वितरण गर्नुभयो ।

कुमरखोद गाविसको सो क्षेत्रमा विद्युत् प्रसारणलाइन नपुगेपछि त्यहाँका स्थानीयवासीले यसअघि पटकपटक विद्युतलाइन विस्तारको माग गर्दै जिल्ला विकास समिति झापा, नेपाल विद्युत् प्राधिकरण र सांसदलाई समेत ज्ञापनपत्र बुझाएका थिए ।

सो अवसरमा मन्त्री बुढाथोकीले एक वर्षभित्र सिङ्गो कुमरखोद गाविसमा विद्युत् लाइन विस्तार गरी अँध्यारोबाट मुक्त गराउने बताउनुभयो । प्रथम चरणमा ३ नं वडाको लसुनगन्जमा विद्युत् लाइन विस्तार गरिएको र बाँकी सबै वडामा आगामी वर्षभित्र विद्युत् पु¥याउने उहाँले प्रतिवद्धता मेरो लक्ष्य छ ।”

कार्यक्रममा स्थानीय विकास अधिकारी खेमराज ओझा, नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा, नेपाल विद्युत् प्रधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख इन्जिनियर राजीवकुमार सिंहलगायतले बोल्नुभएको थियो ।

यसैबीच मन्त्री बुढाथोकीले आजै रु ४१ लाख ४० हजार ३५ को लागतमा निर्मित कुमरखोद गाविसको भवन उद्घाटन गर्नुभएको हो । गाविस सचिव गङ्गाप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच २४ सय वर्ग फिट भएको भवनको उद्घाटन गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)