Aamsanchar

मैनालीको जीवन रक्षाको माग गर्दै बृहत र्याली

Author Image
सोमवार, असोज १७, २०७३

झापा,

Jhapa

झापाको बिर्तामोडमा रहेको विएण्डसी हस्पिटललाई मेडिकल कलेजको सम्वन्धन दिनुपर्ने लगायतका ६ वँुदे मागसहित ६ दिनदेखि आमरण अनसनरत चैतन्यप्रकास मैनालीको जीवन रक्षाको माग गर्दै आज स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीले ¥याली सहित बिर्तामोड नगर परिक्रमा गरेको छ ।

चैतन्यप्रकास मैनालीको आन्दोलन प्रति एक हौं, मेची अञ्चलको विकास अञ्चलवासीको चाहाना हाम्रो निर्णयक अधिकार,चिकित्सा शिक्षा विधेयक तत्काल पारित गर लगायतका नारा सहित समाजका पदाधिकारी तथा अस्पतालमा कार्यरत चिकित्सक,नर्स र कर्मचारीले बिर्तामोड नगर परिक्रमा गरेका हुन् । अनसनरत मैनाली स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीका उपाध्यक्ष हुनुहुन्छ । उहाँ ६ दिनदेखि आमरण अनसनमा बस्नुभएको छ । आमरण अनसनमा रहनुभएका उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सरोकार समाजले ¥यालीको आयोजना गर्दै बिर्तामोडस्थित मुक्ति चौकमा कोण सभा सम्पन्न गरेको छ ।कोण सभामा चिकित्सक तथा समाजका पदाधिकारीले सम्वोधन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर