Aamsanchar

जङ्गली हात्तीको झुन्ड भगाउन साइरन जडान

Author Image
सोमवार, असोज १७, २०७३

कञ्चनपुर।

Hatti-terror_20120106093157-350x262

जङ्गली हात्तीको झुन्ड भगाउन कञ्चनपुरको बाइसेविचुवा गाविसमा साइरन जडान गरिएको छ ।

भारतको दुधुवा नेसनल पार्कबाट छिर्ने हात्तीको झुन्डले यहाँका किसानले लगाएको अन्नबालीमा व्यापक नोक्सानी पु¥याउन थालेपछि गाविसको सात ठाउँमा साइरन जडान गरिएको हो ।

तराई भू–परिधि कार्यक्रमको सहयोगमा हात्ती छिर्ने मुख्य सात ठाउँमा विद्युत्बाट चल्ने साइरन जडान गरिएको इलाका वन कार्यालय नौरङ्गाका सहायक वन अधिकृत दिनेश यादवले बताउनुभयो । “साइरन जोडिएको ठाउँदेखि दुई किलोमिटर टाढासम्म साइरनको आवाज सुन्न सकिने भएकाले हात्ती भगाउन र सर्वसाधारणलाई हात्तीबारे जानकारी दिन सकिन्छ,” उहाँले भन्नुभयो । साइरनको आवाज ठूलो हुने भएकाले आवाज सुन्ने बित्तिकै हात्ती भाग्ने गर्दछ ।

सहायक वन अधिकृत यादवका अनुसार गाविस–९ अमरबस्ती, वडा नं ७ सिद्ध सामुदायिक वननजिक, इलाका वन कार्यालयको परिसर, वडा नं २ विनावारी लगायतका सात ठाउँमा साइरन जडान गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर