Aamsanchar

जेलबाट भागेका कैदीका चौकीदार डेढ महिनापछि पक्राउ

Author Image
मङ्गलवार, असोज १८, २०७३

धनकुटा ।

धनकुटा कारागारमा कैद भुक्तानी गरिरहेका कैदीका चौकीदार मिलन खड्का भागेको डेढ महिनापछि पक्राउ परेका छन् ।

अदालतले डाँका गरेको आरोपमा १६ वर्ष कैद फैसला तोकिएका मिलन खड्कालाई आइतबार राति सङ्खुवासभाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

सङ्खुवासभाको मावादिन गाविस–७ (हाल चैनपुर नगरपालिका वडा नं.९) का वर्ष ४३ का मिलन खड्का धनकुटा कारागारमा चौकीदारको रुपमा काम गर्ने गरेका थिए ।

विसं २०६२ मङ्सिरदेखि धनकुटा कारागारमा रहेका उनी चौकीदारको रुपमा बजार गएर सबै कैदीका लागि लत्ताकपडा, खाद्य सामग्रीलगायत आवश्यक सामग्री किनेर ल्याउने र जेलमा उत्पादित वस्तु बजार लैजाने काम गर्दैगर्दा गत भदौ ५ गते भागेका थिए ।

धनकुटा बजार मदनचोकमा किनमेल गर्न गएको अवस्थामा भागी फरार भएकोमा निजलाई खोजतलास गर्ने क्रममा सङ्खुवासभा जिल्लाको मादीमुलखर्क–७ बाट पक्राउ गरिएको र निजउपर कारागार ऐन २०१९ बमोजिम कारबाहीका लागि जिल्ला कारागार धनकुटामा राखिने जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर