Aamsanchar

बढी भाडा लिने ६८ गाडीबाट यात्रुको भाडा फिर्ता

Author Image
मङ्गलवार, असोज १८, २०७३

काठमाडौँ ।

चाबहिल चोकमा ओखलढुङ्गा, सिन्धुली, सोलुखुम्बु, खोटाङ र काँकडभिट्टा जाने टाटासुमो तथा हायस गाडीले दसैंको मौका छोपी यात्रुसँग लिएको बढी भाडा प्रहरीले फिर्ता गराएको छ ।

ती गाडीले प्रतिटिकटमा रु एक सयदेखि चार सयसम्म बढी भाडा लिएको पाइएपछि बढी भाडा लिने ६८ टाटासुमोबाट प्रहरीले यात्रुलाई पैसा फिर्ता गराएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)