Aamsanchar

‘द वल्र्ड फन पार्क’ को उद्घाटन

Author Image
मङ्गलवार, असोज १८, २०७३

(नरेन्द्र ढकाल)
विर्तामोड,

sumo-si
झापा तथा पूर्वका पर्यटकलाई लक्षित गरेर झापाका चारजना युवाले दुई करोडको लगानीमा निर्माण गरीएको ‘द वल्र्ड फन पार्क’को एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
शनिअर्जुन नगरपालिका–२ स्थित अर्जुनधारा जलेश्वर धाम नजिकै निर्माण गरिएको पार्कको कलाकार सुनिल थापाले उद्घाटन गरेका हुन् । पूर्वाञ्चलमा नै पहिलोपटक आधुनिक र सुविधासम्पन्न पार्कका रुपमा रहेको सो पार्कमा सुरज जोशी, सुरेन्द्र गुरागाईं, समीर मोदी र राजनारायण साहको लगानी गरेको बताइएको छ ।
नेपालीमा विकास भइरहेको घुम्ने संस्कृतिलाई ‘क्यास’ गर्दै व्यवसायीहरूले यो क्षेत्रमा लगानी गरिरहेका छन् । यो पार्कमा भारतमा रहेका कतिपय मनोरन्जन पार्कमा जस्तै विशेषता रहेको सञ्चालक साहले बताएका छन ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा पार्कले सहयोगी भूमिका खेलिरहेको सञ्चालकहरू बताउँछन् । बच्चादेखि वृद्धवृद्धासम्मका लागि मनोरन्जनात्मक गतिविधिहरू उपलब्ध रहेको बताइएको छ । घुमफिर संस्कृतिको विकास गएकाले पार्क थकान तथा तनाव हटाउन यस्ता पार्कहरूले महत्वपूर्ण भूमिका खेल्ने सञ्चालकहरुको भनाई छ । बिदा मनाउन पनि यस्ता पार्कको जरुरत पर्छ । संसारभर नै उत्पादनमूलकभन्दा सेवा तथा मनोरन्जनमूलक उद्योगहरू खुलिरहेका छन् । नेपालमा पनि यस्तो व्यापार विस्तारै फस्टाउँदै गएको छ । मानिसको जीवनशैलीमा केही परिवर्तन आएकोले र घुम्ने संस्कृतिको पनि विकास भएकोले सेवामूलक व्यापारको भविष्य रहेको जानकारहरु बताउँछन् ।
नेपालीहरूले नेपालभित्रै घुमफिर गरेर पैसा खर्चिने गरेको देखिन्छ । सरकारले पनि यस्ता मनोरञ्जनमूलक पार्क सञ्चालनका लागि सहज वातावरण बनाउनुपर्ने पर्यटन क्षेत्रका अगुवाहरु बताउछनु । पार्कले पर्यटकलाई मनोरञ्जन दिने त छँदैछ । यसले रोजगारी र आर्थिक क्रियाकलाप पनि बढाउने अध्यायमन कार्यालय कांकरभिट्टाका प्रमुख रामप्रसाद फुयाँलले बताए ।
एक लाख ८५ हजार वर्गफिटमा फैलिएको उक्त पार्कमा दुई वर्ष माथि उमेर समूहका जो कोहीले भरपुर मनोरञ्जन लिन सकिने छ । भारतका सिक्किम, दार्जिलिङ, मिरिक, सिलगढी लगायतका पर्यटकलाई लक्षित गर्दै सो पार्क सञ्चालनमा ल्याइएको सञ्चालकहरुको भनाई छ । पच्चीस वर्षका लागि जग्गा लिजमा लिएर पार्क निर्माण गरिएको र पार्कमा २० जनाले रोजगारी पाएको पार्क निर्माण समितिका अध्यक्ष जोशीले बताए । पार्कमा वनभोजस्थल समेत छ ।

पार्कमा वाटरबल बोटिङ, सुमो स्विट, पेन्ट बल, एटिभीबाहेक रेन्ड डान्स, बाटर जर्ब, बडी जर्ब मोनोक्रोम रेस्टुरेन्ट, किड्स जोनको सुविधा रहेको बताइएको छ । यसैबीच सोमबार भएको उद्घाटनमा सुगम पोख्रले, शिव परियार, आद्रिन प्रधान, गिरिश खतिवडा लगायले विभिन्न सांगितिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए । उद्घाटनकै दिन मात्रै ५ हजार बढीले पार्कको अवलोकन गरेको सञ्चालक सदस्य साहले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)