Aamsanchar

एसएसपीले यात्रु ठग्नेको पाता फर्काए,१० पक्राउ, ४ सयको भाडा फिर्ता

Author Image
मङ्गलवार, असोज १८, २०७३
काठमाडौं ।
प्रहरीको चाडवाड लक्षित विशेष सुरक्षा अभियानले यात्रु ठगिविरुद्ध निगरानी बढाइएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने सवारीलाई विशेष निगरानीमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
दशैंको अवसरमा बढी कमाउने नियतले उपत्यकाबाट बाहिरिने यात्रुसँग मनलागि भाडा असुल्ने व्यवसायी र सवारी संचालकमाथि बढी निगरानी राखिएको परिसर प्रमुख एवं एसएसपी विक्रम थापाले जानकारी दिए । थापा मंगलबार आफै टिकट बुकिङ हुने र प्रस्थान गर्ने क्षेत्रको अनुगमन गर्न पुगे ।
अनुगमनका क्रममा थापा गोंगबुस्थित नयाँ बसपार्क, चावहिल, बालाजु बसपार्क, कलंकी र बल्खु पुगे । जसक्रममा यात्रुलाई चाहिने भन्दा बढी भाडा लिने र दलाली गर्ने १० जना पक्राउ परे ।
पक्राउ परेकाहरुलाई अपराधको प्रकृति हेरेर सार्वजनिक अपराध र ठगि मुद्दामा कारबाही अघि बढाउने तयारी भइसकेको एसएसपी थापाले बताए । उनले भने, ‘हामीले यति सम्म गरेका छौं । बसमा, काउण्टरमा र बाहिर सादा पोसाकमा प्रहरी परिचालन गरेका छौं । उनीहरुपनि यात्रु जसरी टिकटको लाइनमा बस्छन् । गाडिमा पनि यात्रुकै भेषमा हुन्छन् ।
काउण्टरमा मुख्य निगरानी हुन्छ ।’ थापाले मंगलबार मात्रै बढी भाडा असुल्नेहरुलाई पक्राउ गरेपछि चार सय बढी यात्रुको भाडा फिर्ता गराएका छन् । थापाले ठगि गर्ने कोही प्रहरीको पञ्जाबाट उम्किन नपाउने बताउँदै सेवाग्राहीलाई सूचना दिन नछुटाउन आग्रह गरे । उनले भने, ‘मौकामा चौका हान्नेको दादागिरी चल्न दिन्नौं ।’
काउण्टरबाटै ठगि !
यात्रुहरुलाई काउण्टरले समेत ठगि गरेको भेटिएको छ । कतै दुई सय बढी, कतै तीन सय बढी र कतै पाँच सम्म बढी भाडा असुलेको भेटिएको छ । काउण्टरवालाहरुलाई (वार्निङ)चेतावनी दिएका छौं । अब फेरि त्यस्तो भेटिए सोझै खोरमा हालिन्छ । हाम्रो फाेर्स उनीहरुकै वरिपरी हुन्छ ।
यस्तै, मंगलबार काठमाडौंबाट बाहिरिने ५० भन्दा बढी यातायातलाई प्रहरीले कारबाही गरेको छ । काठमाडौंबाट बाग्लुङ, अर्गाखाँची, कांकडभिट्टा, धनगडी, रुकुम, पोखरा लगायतका जिल्लाहरुमा जाने यातायातले बढी भाडा असुल गरेको भेटिएको छ ।hamrakura
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर