Aamsanchar

बेलुका पूजा गर्न गएकी एक महिलाको बलात्कारपछि हत्या, मुख्य अभियुक्त मन्दिरका पुजारी फरार

Author Image
बिहिवार, पौष २३, २०७७

भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा ५० वर्षीया एक महिलाको बलात्कारपछि हत्या भएको छ ।  महिला आइतबार बेलुका पूजा गर्न जाँदा उनीमाथि यस्तो घटना भएको हो ।  आरोप मन्दिरका पुजारी र उनका दुई साथीमाथि लागेको छ । 

प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको दाबी गरेको छ जबकी मुख्य अभियुक्त मन्दिरका पुजारी अहिले पनि प्रहरीको पहुँच बाहिर छन् ।  यसैबीच राष्ट्रिय महिला आयोगले यो मामिलामा युपी प्रहरीसँग रिपोर्ट माग गरेको छ । 

घटनाबारे जानकारी दिँदै बदायूंका वरिष्ठ प्रहरी अधिकारी संकल्प शर्माले बीबीसीसँगको कुराकानीमा भन, ‘५० वर्षीया महिलाको संदिग्ध परिस्थितीमा मृत्यु भएको थियो । यसबारे मुद्दा दर्ता गरिएको छ । दुई अभियुक्तलाई पक्राउ गरिएको छ । सम्बन्धित मामिलाको प्रारम्भिक अनुसन्धानमा लापरवाही गरेकोमा दोषी पाइएका थानाका प्रभारीलाई निलम्बित गरिएको छ ।’

मन्दिरबाट घर फर्किनन्ः

महिलाका परिवारका अनुसार आइतबार बेलुका उनी मन्दिरमा पूजा गर्न गएकी थिइन् तर निकै बेर भएपनि घर फिर्ता भइनन् । घरका मानिसहरु तनावमा परे । 

महिलाका श्रीमानले भने, ‘राती साढे ११ बजे महात्मा (मन्दिरका पुजारी)ले गम्भीर अवस्थामा महिलालाई घर लिएर आए । उनको अत्यधिक रक्तश्राव भइरहेको थियो । रगत बग्दा बग्दै उनको मृत्यु भयो । महात्मा सत्यनारायणसँग वेदराम र ड्राइभर जसपाल पनि थिए ।’

परिवारले आरोप लगाएअनुसार यसबारे प्रहरीमा रिपोर्ट गरिएको थियो तर प्रहरीले कुनै रिपोर्ट दर्ता गरेनन् ।  मंगलबार जब पोस्टमार्टमको रिपोर्ट आयो तब त्यसमा सामूहिक बलात्कारका साथै निकै क्रुर तरिकाले हत्याको कुरा सार्वजनिक भयो । त्यसपछि मात्रै प्रहरीले एफआईआर दर्ता गर्यो र बुधबार दुईजनालाई पक्राउ गर्यो ।  मुख्य अभियुक्त तथा मन्दिरका पुजारी सत्यनारायण अहिले पनि फरार छन् । 

पुजारीको बयानले पार्यो अलमलः

परिवारका अनुसार सोमबार नै ऊजुरी दिइएको थियो तर एफआइआर दर्ता गरिएन । पोस्टमार्टम पछि मात्रै एफआइआर दर्ता गरियो ।  स्थानीय पत्रकार चितरंजन सिंहले मुख्य अभियुक्त मन्दिरका पुजारी सत्यनारायणले महिलाको कुवामा खसेर मृत्यु भएको बयान दिइरहे । 

उनका अनुसार प्रहरीले पहिलो पुजारी सत्यनारायणको बयानको आधारमा कारवाही गरिरह्यो जबकी परिवारले भने बलात्कार र हत्याको आरोप लगाइरहेका थिए ।  घटनापछि मिडियासँगको कुराकानीमा पुजारीले भनेका थिए, ‘महिला कुवामा खसेकी थिइन् । मैले वेदराम र जसपाललाई मद्दतका लागि बोलाएँ । उनीहरुको मद्दतले जब उनलाई निकालेँ तब उनको मृत्यु भइसकेको थियो । त्यसपछि हामीले उनलाई उनको घरमा पुर्याइदियौं ।’

स्थानीय प्रहरीले पोस्टमार्टम रिपोर्ट नआञ्जुलसम्म सत्यनारायणको बयानलाई सही मानिरहेको थियो । स्थानीय मानिसका अनुसार जुन कुवामा उनी खसेको कुरा पुजारीले बताइरहेका थिए त्यहाँ पुग्न नै कठिन छ । बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर