Aamsanchar

आगलागीबाट ४ महिनाको शिशुको मृत्यु

Author Image
बुधवार, असोज १९, २०७३

हेटौँडा ।aago

मकवानपुर जिल्लाको भैँसे–७ खोप्लाङमा मंगलबार राति सागर तिमल्सिनाको घरमा आगलागी हुँदा उनकी चार महिनाकी छोरी सृष्टी तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागीमा ६ वर्षीया वर्षा तिमल्सिना र चार वर्षीय बादल तिमल्सिना सख्त घाइते भई भैँसेस्थित सुपारेटार ब्यारेकमा अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बच्चाले टुकी खेलाउँदा खरको छानामा सल्केर भएको आगलागीबाट करिब रु दुई लाख बराबरको क्षति भएको प्रहरी सूत्रले जनाएको छ ।

घरमूली सागर तिमल्सिना सामान्य घाइते भएका छन् । उनको सुपारेटार ब्यारेकमा उपचार भएको छ ।

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर