Aamsanchar

बडादशैंको आज सातौं दिन कालरात्रि देवीको पूजा

Author Image
शुक्रवार, असोज २१, २०७३

kalratri
बिर्तामोड।

एक साता अघि आश्विन शुक्ल प्रतिपदाबाट शुरु भएको नेपालीको महान् चाड बडादसैँको आज शुक्रबार सातौंं दिन । सातौं दिनमा भित्र्याइने फूलपाती र कालरात्रि देवीको पूजा आराधना गरिँदैछ ।

बडा दसैँमा पहिलो दिन एक साता अघि घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरेको स्थानमा दुर्गा देवीका तीनवटा रुपहरु महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाआजा गरि मनाइन्छ । यस पर्वमा आश्विन शुक्ल पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यि नौवटा दुर्गाका रुपलाई नै नवदुर्गा पनि भन्ने गरिन्छ । दुर्गाको प्रतीकका रुपमा प्रतिप्रदाका दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ ।
यसरी पूजा गरिने कन्या दुई बर्ष ।माथिका हुनुपर्ने शास्त्रीय विधान रहेको छ । बडादसैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्ने गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अबधिभर मुलुकभर रहेका शक्तिपीठहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड समेत लाग्ने गर्दछ ।
नवरात्रको अन्यदिनझैं शनिबार पनि राजधानीका गुह्येश्वरी, शोभाभगवती, नक्सालभगवती, भद्रकाली, संकटा, मैतीदेवी, दक्षिणकाली, बज्रबाराही, जयबागेश्वरी तथा पलाञ्चोक भगवती, मनकामना, चुरेमाई लगायत देशभरिका शक्तिपीठहरूमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)