Aamsanchar

विश्वमा एउटा एशियाली देश : सम्बन्धविच्छेद अवैध तर १२ वर्षमा गरिने यौनसम्बन्ध वैध !

Author Image
बुधवार, माघ ७, २०७७

एजेन्सी । सबै देशको आ–आफ्नै किसिमको कानुन र विधान हुन्छन् । विश्वमा एउटा यस्तो देश पनि छ जहाँ सम्बन्धविच्छेदलाई अवैध मानिन्छ । तर, सोही देशमा १२ वर्षमै हुने सेक्सलाई भने वैध मानिन्छ । घटना हो एशियाली मुलुक फिलिपिन्सको, जहाँ १२ वर्षमा गरिने यौनसम्बन्धलाई वैध मानिन्छ ।

द इकोनोमिस्टको रिपोर्ट अनुसार फिलिपिन्समा बयस्क महिलाको तुलनामा बालबालिकामाथि हुने बलात्कारको घटनामा वृद्धि भइरहेको छ । पाँचमध्ये एक जना बालबालिका बालयौन शोषणबाट पीडित रहेका छन् । कोरोना समयमा भएको लकडाउनमा पनि बालबालिकाहरूमाथि अनलाइनमार्फत शोषण भएको रिपोर्टमा उल्लेख गरिएको थियो ।

त्यहाँ बालअधिकारको पक्षमा काम गर्ने संस्थाहरूले यौनसम्पर्कको अनुमति दिने उमेर बढाउन सरकारसँग दशकौंदेखि माग गर्दै आएका छन् । अब भने उनीहरूको माग सम्बोधन गर्न लागिएको छ । यौनसम्बन्धका लागि सहमति जनाउने उमेर बढाएमा बालबालिकामाथि हुने यौन शोषणका घटनामा कारबाही गर्न सजिलो हुने उनीहरूको भनाइ छ । बालबालिकामाथि हुने यौन शोषणको घटनामा बलात्कारको मुद्दा चलाउन सजिलो हुने भएकाले पनि कानुन छिटो लागू होस् भन्ने पक्षमा छन् ।

फिलिपिन्सको तल्लो सदनले यौनसम्बन्धका लागि सहमतिको उमेर बढाएर १६ वर्ष पुर्याउने विधेयक पारित गरिसकेको छ । अब यसलाई माथिल्लो सदनमा पेश गरिनेछ । माथिल्लो सदनबाट पारित भएपछि राष्ट्रपतिले लालमोहर लगाएसँगै फिलिपिन्समा कानुन लागू हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर