Aamsanchar

महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल गर्न कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

Author Image
मङ्गलवार, माघ १३, २०७७

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने भन्ने अलमलका बीच बस्न लागेको केन्द्रीय समिति बैठकबाट आन्दोलनका थप कार्यक्रम तय गर्नुपर्नेमा पक्षमा धेरैजसो नेताहरु छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरु आन्दोलनको पक्षमा छन् ।

केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा बसेको देउवा इतर समूहका नेताहरुको बैठकले मंगलबारको केन्द्रीय समितिको बैठकबाट आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न सभापति देउवालाई दबाव दिने निष्कर्ष निकालेको थियो । सभापति देउवाले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भएकाले अहिल्यै आन्दोलनमा जानु उपयुक्त नहुने अभिव्यक्ति दिँदै आएका छन् । देउवा निकट सहमहामन्त्री डा. महत भने आन्दोलन गर्ने वा नगर्नेबारे पार्टीमा विवाद नै नभएको दाबी गर्छन् । उनले भने, ‘अधिवेशनको तयारी र सरकारको विरोधमा गर्ने आन्दोलनबारे छलफल हुन्छ र पार्टीले एकमतका साथ निर्णय गर्छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर