Aamsanchar

११ दिनपछि आज मैनालीले आमरण अनसन स्थगन गरे

Author Image
शनिवार, असोज २२, २०७३

ansanबिर्तामोड ।
झापाको बिर्तामोडस्थित वी एण्ड सी मेडिकल कलेजलाई सम्वन्धन लगायतका ६ सूत्रीय माग राखी ११ दिन देखि आमरण अनसनमा रहनुभएका समाजसेवी चैतन्यप्रकाश मैनालीले शनिबारबाट अनसन स्थगन गर्नुभएको छ ।

विभिन्न दलका नेता तथा झापाका सांसदहरुले स्वास्थ्य शिक्षा नागरिक समाज मेचीका तर्फबाट उठाइएका ६ बुँदे माग सम्वोधन गर्न सरकारसंग पहल गर्ने प्रतिवद्धता पछि आमरण अनसनरत् समाजका उपाध्यक्ष मैनालीले तत्काललाई अनसन स्थगन गर्नुभएको हो ।

सांसदहरु सुुुधिर शिवाकोटी,प्रेम गिरी, मोहन टुडु र प्रमुख जिल्ला अधिकारी मदन भूजेलले माग सम्वोधन गर्न सरकारसंग पहल गर्ने प्रतिवद्धतासहित मैनालीलाई उहा सुतेको बेडबाट उठाएपछि अनसन स्थगनको घोषणा गरिएको संवाद समूहको सचिवालय झापाका संयोजक दीपेन्द्र भट्टराईले बताउनुभयो ।
गएराति पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासहितका विभिन्न दलका नेता तथा सांसदहरुले संवाद समुहको संयोजनमा आन्दोलनरत् समाजका प्रतिनिधिसंग गरेको वार्तामा भएको तीन बुँदे सहमतिको आधारमा मैनालीले अनसन तोड्नु भएको हो ।

माग सम्वोधनमा सरकारले तत्काल सकारात्मक कदम नचाले र मेची अञ्चलमा मेडिकल कलेजलाई सम्वन्धन नदिने कुनै षड्यन्त्र भएमा पुनः आमरण अनसन लगायतका आन्दोलन सशक्त बनाइने मैनालीले बताउनु भयो ।
समाजको वार्ता समितिको तर्फबाट संयोजक प्रेम नेम्वांग र सचिव टीकाराम मंग्रातीले सो घोषणा गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर