विर्तामोड । झापाको विर्तामोडमा सवारी चालकहरुलाई लक्षित गरेर स्वास्थ्य शिबिर तथा रक्तदान सम्पन्न भएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोड, रेडक्रस सोसाईटी र दृष्टी आखाँ अस्पतलाको संयुक्त आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।
बिर्तामोड मुक्तिचोक स्थित हनुमान कम्प्लेक्स अगाडी भएको कार्यक्रममा बिर्तामोड नगरपालिका मेयर ध्रुर्वकुमार शिवाकोटी, झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराई, सशस्त्र प्रहरी बल नं. २ गण हेड क्वाटर भद्रपुरका प्रमुख रमेशकुमार पाण्डे, ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सन्तोष आचार्य, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रकाश जगेबुकोले सवारी चालक र चालकको स्वास्थ्य अवस्था राम्रो हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सवारी चालकहरु र सर्वसाधारण गरि एकसय भन्दा धेरैको स्वाथ्य जाँच गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शिविरमा ३५ जनाले रक्तदान तथा ८६ जना सवारी चालकहरुको निः शुल्क आँखा तथा कान परिक्षण गरिएको थियो ।