मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको देखिएको छ ।
बुधबार देशका पहाडी भु भागमा आशिंक बदली रहेको छ भने अन्य भूभाग सामान्यतया सफा रहेको छ । तराईका अधिकांश भू भागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो देशको देशको सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रहनेछ। त्यस्तै पहाडी भू भागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भु भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज पहाडी भू भागमा आंशिक बदली रही बाँकि भू भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 204