Aamsanchar

वुहानमा पुगेको डब्ल्यूएचओ टोलीले कोभिड–१९ बारे गर्यो यस्तो अनुमान

Author Image
शनिवार, माघ २४, २०७७

वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरूले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरूले जनाएका छन्।

कोभिड भने अन्यत्र कतै उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीहरूको बजारबाट यो विस्तार भएको अुनमान गरिएको विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले दिएको प्राप्त समाचारमा जनाइएको छ। चीनको वुहानमा यो संक्रमण फैलिएको देखिएको हो। त्यस विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनले पहिल्यैदेखि चीन जान खोजेकोमा चीन सरकारले दिएको थिएन।

हालै उनीहरूले सो क्षेत्रमा पुगेर अनुसन्धान गरेका थिए। त्यस क्रममा गरिएको अनुसन्धानबाट कोभिड यहाँको सामुद्रिक खानाहरूको बजारबाट विस्तार भएको पाइएको बताएका छन्। तर पनि यो सङ्क्रमण भने अन्यत्र कतै देखिएको ती विज्ञहरूले बताएका छन्। उनीहरूले कोभिड १९ को भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन्।

विश्व स्वास्थ्य संगठनको टिमले वुहान सहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गरेका थिए र उनीहरूले सो संस्थाको ल्याबको पनि अनुसन्धान गरेका थिए।

Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर