Aamsanchar

छाप्रो मै उम्रिए जमरा तर भूकम्पपीडितलाई आएन दसैं

Author Image
सोमवार, असोज २४, २०७३

भक्तपुरः

jamari-57fb052f7baaa7.79474380

भक्तपुरको कमलविनायक अस्थायी शिविरमा बस्दै आएकी रीता पोखाले पालभित्रै जमरा उमारेकी छिन् । गत वर्षको वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि शिविरमा त्रिपाल बेरेर बनाएको छाप्रोमा बस्दै आउनुभएको पोखाले साँघुरो छाप्रो मै जमरा उमारेकी हुन् ।

सानो छाप्रोमा एकै ठाउँमा भान्छा, ओछ्यान र जमरा रहे पनि दसैं मनाउने योजना भने नभएको उनले सुनाइन । पोखा भन्छिन्, ‘दसैं आएपनि कुनै तयारी छैन, यो छाप्रोभित्र कसरी मनाउनु दसैं, पाहुना बोलाउनु पर्छ, ठाउँ छैन, पैसा छैन, दसैं आएजस्तै छैन ।’

यही शिविरको पालमा बस्दै आएका कमल विनायकका राजु सुवालको पनि उस्तै छ समस्या । तीनजना परिवार रहेको उहाँले भने भत्किएको घरको छिँडीमा जमरा उमारे पनि दसैंको तयारी भने नगरेको बताउछन् । उनी भन्छन्, ‘शिविरको दसैँ के रमाइलो हुनु, विगतको जस्तो दसैं हुँदैन यसपालि, दसँैको लागि कुनै सामान किनेको छैन, टीका जमरा लगाउनेबाहेक अरु केही हुँदैन यस वर्ष ।’

सरकारले घोषणा गरेको रकम दिए छाप्रो हालेर अरुको जग्गा भाडामा लिएरै भए पनि तरकारी खेती गरेर बाँच्न सकिने बताउने उनीहरु सरकारको आशै आशामा डेढ वर्ष बितेको बताउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर