Aamsanchar

आजको मौसम जानकारी

Author Image
मङ्गलवार, माघ २७, २०७७

काठमाडौं। आज देशभरको मौसम समान्यतया सफा रहने जल तथा मोसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखा अनुसार अहिले बिहान हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सफा रहने छ । आज राति सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सफा रहनेछ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आज बिहान काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ। भोलिदेखि भने पश्चिमी वायुको प्रभावले केहि पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायु प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पश्चिमी पहाडी भू–भागमा बदली र हल्का वर्षा हुने सम्भावना रहेको छ ।

तीन दिनसम्म हल्का बदली भइ थोरै स्थानमा वर्षा र हिमाली भेगमा हिमपात भएपनि देशैभर भने पानी नपर्ने मौसमविद्हरुले जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 403

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
मङ्गलवार, मंसिर ४, २०८१
आजको माैसम
आइतवार, मंसिर २, २०८१