Aamsanchar

विर्तामोडबाट प्रतिबन्धित लागु औषध सहित ३ जना पक्राउ

Author Image
आइतवार, फागुन २, २०७७

झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ नयाँ बसपार्कबाट लागु औषध सहित तिन जना पक्राउ परेका छन् ।

गोप्य सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको टोलीले माघ २९ गते उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लागु औषध सहित पक्राउ पर्ने हरुमा अर्जुनधार ११ बसपार्क बस्ने बर्ष ४५ को रबिन तामाङ, सोही ठाउँका बर्ष २८ को दिल कुमार.राई र भद्रपुर नगरपालिका ७ घर भई हाल दमक नगरपालिका वडा नं. ५ गोर्खाली टोल बस्ने बर्ष ३८ को हिलिहाङ तुम्बाम्फो रहेका छन् ।

बसपार्क स्थित रविन तामाङको कोठाबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको लिसाईलो पदार्थ ४८० मिलिग्राम, ट्रमाडोल ५९ वटा ट्याबलेट र २ सय ग्राम गाजाँ प्रहरीले बरामत गरेको छ ।

पक्राउ परेका तिनैजनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रोकश थापाले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर