Aamsanchar

झापाको कनकाईमा दुई पुरुषबाट एक पुरुष बलात्कृत

Author Image
सोमवार, फागुन ३, २०७७

बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नम्बर ७ स्थित बिरिङ नदीको बगरमा एक पुरुष बलात्कृत भएका छन् ।

शनिबार दुई पुरुषबाट अर्का एक पुरुषमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । रातिको समयमा पीडित पुरुष बिरीङ नदीको नजिकै हिडिरहेको अवस्थामा बलात्कृत भएको झापा प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका ७ निवासी २१ वर्षीय विनोद टुडुरहेका छन् । दुवै युवकलाई प्रहरीले पक्राउगरी अनुशन्धान गरिरहेको बताइएको छ ।

राति ७ बजेतिर दुई युवक मिलेर जबरजस्ति अप्राकृतिक यौन सम्पर्क गरेको पीडितले बताएका छन् । बलात्कारमा परेका युवक गम्भीर घाइते भएको र उनको हाल विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर