Aamsanchar

इटहरी उपमहानगर द्वारा व्यरोजगार रहेका महिलाहरुलाई गरिखाने शिप र साधन प्रदान

Author Image
मङ्गलवार, फागुन ४, २०७७

इटहरी । इटहरी  उपमहानगरले दुई दिन सम्म तालिम दिएर सिकाएको भोलीपल्टै देखि इटहरी ५ जनतावस्तिकी मालती राईले डोनट वनाएर वेच्न थाल्नुभयो । अहिले त दिनमै ५सय सम्म फाइदा हुन थालिसकेको छ ।

इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि दुईदिने डोनट,भक्का र पकौडा वनाउने तालिम दिएपछि १६ जना महिलाले सिकेको शीप अनुसार डोनट,भक्का र पकौडा वनाएर वेच्न थालेका हुन ।

उपमहानगरले ब्यवसाय संचालन गर्न आवश्यक पर्ने भाँडा,ताई,आरी,जग,झाँभर,वाल्टी,चिम्टा,तेल पीठो प्रदान गरेको छ । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले ती समाग्री प्रदान गर्नु भएको थियो ।

प्रमुख चौधरीले महिला दिदीवहिनीलाई आत्मनिर्भर बन्न शुभकामना दिनुभयो । उपप्रमुख गौतमले परिवार धान्न समस्या परिरहेका दिदी वहिनीहरुले गरिखाने अवस्था सृजना गर्न उपमहानगरले तालिम प्रदान गरि समाग्री समेत उपलब्ध गराएको बताउनुभयो । तालिम र ब्यवसाय संचालन गर्न आवश्यक पर्ने समाग्री प्राप्त गरेपछि मालती राईले भन्नुभयो “घरैमा त्यतिकै वस्नुभन्दा डोनट वनाएर बेच्दा नुन तेल खान पुग्ने रहेछ ।”

इटहरी उपमहागरले संचालन गरेको डोनट,भक्का र पकौडा वनाउने तालिममा २७ जना महिलाको सहभागिता थियो । ति मध्ये १६ जनाले डोनट,भक्का र पकौडा वनाएर वेच्न सुरु गरेका हुन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 266

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
आज सुनको मूल्य
बुधवार, मंसिर ५, २०८१