भद्रपुर । झापाको भद्रपुर नगरपालिका ७ गार्मेन्ट चोक निवासी दुबै मृगौला समस्या देखिएर पीडित बनेकी मन्जु ठकुरी (विष्ट) लाई माल्टाबाट पनि सहयोग प्राप्त भएको छ ।
झन्डै दुई बर्ष देखि बिमारी परेकी, आर्थिक स्थिति समेत कमजोर भएका कारणले उचार गराउन नसकी रहेको अवस्थालाई दृष्टिगत गरेर समाजको तर्फबाट आर्थिक संकलका लागि अपिल सुरु गरिएको सामाजिक अभियान्ता अबिषेक खतिवडाले बताए ।
हाल मन्जुको भद्रपुरको एक अस्पतालमा डाइलोसिस भइरहेको छ । यस्तो पिडामा आफूलाई कहिले माइती दाजु भाइ र अन्य प्रवासि दादाजु–भाई दिदी–बहिनीहरुले गरेको सहयोगले बाच्ने हौसला मिलेको भन्दै पिडित मञ्जुले खुशी व्यक्त गरेकी छिन् ।
आर्थिक संकलनको क्रममा आज माल्टाबाट झापाली समाज माल्टा नामक समूहले मुक्ती पुरीको संयोजनमा प्रवासिहरुको सहयोगमा आर्थिक संकलन गरि बिमारी समक्ष रकम हस्तान्तरण गरिएको छ ।
माल्टा बाट मन्जु ठकुरी मार्फत संकलन भएको रकम ८९ हजार ९ सय ९५ रूपियॉं मृगौला पीडित विष्टलाई हस्तानतरण गरिएको हो ।
यस अघि नेकपा हल्दिबारी गाउँपालिका,डेनमार्क, कोरिया, दुबई लगायत विभिन्न देश र स्थानिय संघ सस्थाबाट आर्थिक संकलन भइ रहेको युवा अभियान्ता खतिवडाले जानकारी दिए ।