Aamsanchar

विर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा काँग्रेस निकट लोकतान्त्रिक व्यवसायिक प्यानलको उम्मेदवारी घोषणा

Author Image
बुधवार, फागुन ५, २०७७

लोकतान्त्रिक व्यवसायिक प्यानलका उम्मेदवारहरु ।

बिर्तामोड । आगामी फागुन १६ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि २९ बुधे प्रतिवद्धता सहित नेपाली काँग्रेस निकट लोकतान्त्रिक व्यवसायिक प्यानलले उम्मेदवार घोषणा गरेको छ ।

बन्द हड्ताल र चन्दामुक्त बिर्तामोड हाम्रो अभियान, सुरक्षित व्यवसायिक वातावरण हाम्रो स्वाभिमान, हाम्रो चाहाना सबैको भावना, व्यवसायिक हित र एकता आजको आस्यकता जस्ता नारा सहित बुधबार विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच प्रकाश शिवाकोटीको नेतृत्वमा उम्मेदवार सार्वजनिक गरिएको हो ।

अध्यक्ष पद्का उम्मेदवार प्रकास शिवाकोटी ।

चुनावका लागि अध्यक्षमा युवा व्यवसायी शिवाकोटी, वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्ष सञ्जिव घिमिरे, वाणिज्य उपाध्यक्ष राजकुमार घिमिरे राजु, जनसम्पर्क महिला उपाध्यक्षमा नैनकला भट्टराई, महासचिवमा रविन भट्टराई, उद्योग सचिवमा कुशल खतिवडा,बाणिज्य सचिव राजकुमार साह, कोषाध्यक्षमा दिपेन्द्र राउत र सह कोषाध्यक्षमा राधिका चुडाल हुमागाइँको उम्मेदवारी घोषणा गरिएको छ ।
त्यस्तै, सदस्य पदमा बिशाल थापा, शनि गोयल, विकास बस्नेत, दीपक मित्तल, मनोज रौनियार, पुकार बराल, बलराम सिटौला राम, महिला सदस्य तिलोतमा खत्री र तुलसा ढकलको उम्मेदवारी रहेको निर्वाचन परिचालन समितिका संयोजक देउमान थेवेले जानकारी दिए ।

काँग्रेसकानेताहरु जिल्ला सभापति उद्धव थापा, संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी लगायतले उम्मेदवारहरुलाई विजयीको शुभकाना व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण कुमार भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर