Aamsanchar

मेची–महाकाली सफाइ अभियानको लोगो बागमती किनारमा सार्बजनिक

Author Image
शनिवार, फागुन ८, २०७७

काठमाडौं ।  वाग्मती सफाइ महाअभियानको ४०६ औ हप्ताको सफाइ संगै मेची–महाकाली सफाइ अभियान को लोगो सार्बजनिक गरिएको छ ।

वाग्मती नदी किनारामा एक कार्यक्रमका बीच राष्ट्रिय सभाका सांसद तथा कलाकार कोमल ओली र वाग्मती सफाइ अभियन्ता पूर्वमुख्य सचिव लीलामणी पौड्याल द्वारा लोगो सर्वजनिक गरिएको मेची–काली अभियानका अभियन्ता बिष्णु आचार्यले जानकारी दिए ।

सभ्य नागरिकको पहिचान, सफाईमा मेरो योगदान । म मेरो बासस्थान, कर्मथलो र सार्वजनिक स्थल वरपर फोहोर गर्दिन अरुलाई पनि गर्न नदिन सचेतना फैलाउछु, म जथाभावी फोहोर फाल्दिन फोहोर राख्ने भाडो प्रयोग गर्छु जस्ता संकल्प र सचेना नारा लिएर देश सफाई अभियानमा निस्किएको मेची–महाकाली सफाई अभियानका अभियन्ताहरु देशका विभिन्न ५० स्थानमा पुगेर सचेतना फैलाउने काम गरि सकेका छन् ।

नेपाल–भारत सिमा मेची पुलबाट पुनः सुरु गरिएको अभियान महेन्द्रनगर सम्म आयोजना भैसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 273

प्रतिक्रिया (०)