Aamsanchar

दुर्वशनी न्युनिकरणका लागि बुद्धशान्तिका विभिन्न संघसंस्थाहरु एक जुट

Author Image
आइतवार, फागुन ९, २०७७

बुधबारे ।  लागु औषध तथा दुर्वशनी न्युनिकरणका विषयमा सहकार्य गर्दै अघि बढ्न बुद्धशान्ति गाउँपालिकाका विभिन्न संघसंस्थाहरु एक जुट भएका छन् । आज आइतबार इलाका प्रहरी कार्यालय बुधबारेमा भएको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा एकतावद्ध भएर अघि बढने प्रतिवद्धता जनाएका हुँन ।

बुधबारे जेसीज, इलाका प्रहरी कार्यालय बुधबारे, सामुदायिक प्रहरी सेवा केन्द्र बुद्धशान्ति, आर्शिवाद सुधार केन्द्र, फो सेभेन गाइज बुद्धशान्ति लगायतका संस्था एक भएर लागु औषध तथा दुव्र्यसनी न्युनिकरणका विषयमा सहकार्य गर्दै नजिता देखिने गरीको काम गर्न सहमत भएका हुन् ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख निराजन कटवाल, बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्ले, निर्वतमान अध्यक्ष नन्दकुमार याफू राई, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष धरणीधर पोखरेल, आर्शिवाद सुधार केन्द्रका अध्यक्ष प्रेम साँवा लिम्बु लगायतको आतिथ्यता थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख कटवाल, बुधबारे जेसीजका अध्यक्ष वाग्ले, बुधबारे जेसीजका निर्वतमान अध्यक्ष राई, महासचिव सुजित बराल, उपाध्यक्ष विनोद रिजाल, बुधबारे जेसीजका लागु औषध न्युनिकरण अभियानका संयोजक विनोद नेम्बाङ, सामुदायिक प्रहरी सेवा केन्द्रका विष्णु सापकोटा, गोपाल खाती, तारा अधिकारी लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सम्पूर्ण संस्थाको प्रतिनिधि सम्मिलित एक समिति बनाएर अघि बढ्ने सहमति भएको बुधबारे जेसीजका महासचिव सुजित बरालले बताएका छन् ।

बुधबारे जेसीजले लागु औषध तथा दुव्र्यसनी न्युनिकरणका लागि एक वर्षे अभियान यस अघि नै सञ्चालन गरिसकेको छ । बुद्धशान्तिमा लागु औषध प्रयोगकर्ता विक्रेता दिनदिनै बढ्न थालेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)