Aamsanchar

अस्पतालबाट बाबुरामको ट्वीट, अदालतले भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भयो

Author Image
मङ्गलवार, फागुन ११, २०७७

जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संसद पुनःस्थापनाको पक्षमा फैसला आउँदा आफ्नो रोग नै हराए जस्तो भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदाललते केहीबेरअघि प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको थियो ।

भारतको नयाँदिल्लीमा उपचाररत डा. भट्टराईले हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भएको बताएका छन् ।

कस्तो सुखद संयोग १ अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो । हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो’, उनले ट्वीटमा भनेका छन् ।

पेटमा समस्या देखिएपछि डा. भट्टराई दिल्लीको एक अस्पतालमा उपचाररत छन् । उनी आज मात्रै अस्पताल भर्ना भएका थिए ।

https://twitter.com/brb1954/status/1364195873719160832?s=20

Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर