Aamsanchar

भारत र पाकिस्तानबीचको तनाव उस्तै, पर्ख र हेरको नीति

Author Image
शुक्रवार, असोज २८, २०७३

झापा ।

भारतले सेप्टेम्बर २९ मा गरेको ‘सर्जिकल आक्रमण’ पछि बढेको भारत र पाकिस्तानबीचको तनाव अझै साम्य भएको छैन । जुनसुकै बेला दुई देशबीच युद्ध हुन सक्ने भय र त्रास हटेको छैन । दुवै पर्ख र हेरको रणनीतिमा छन् । दुवै देशका सैन्य अधिकारीहरू द्वन्द्व कम गर्न आसपासमा कुराकानीमा रहेको भनिए पनि सम्भावित युद्धका लागि समेत तयारी अवस्थामा छन् ।

भारतीय अधिकारीहरूले आफ्नोतर्फबाट अब कुनै पनि प्रकारको आक्रमण नगर्ने तर पाकिस्तानी पक्षबाट कुनै आक्रमण भए प्रतिकार गर्ने बताइरहेका छन् । तैपनि कतिपयको बुझाइ आगामी साता भारतको गोवामा हुने ब्रिक्स सम्मेलनसम्म दुवै पक्षले संयम अपनाएको र त्यसपछि दुई देशबीच सिमानामा तनावको अवस्था सिर्जना हुनसक्छ भन्ने छ, इकान्तिपुरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)