Aamsanchar

बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचन तयारी पुरा, निगरानीको लागि सिसी क्यामरा र नामवली रुजु कम्प्यूटरबाट गरिने

Author Image
शनिवार, फागुन १५, २०७७

बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १६ गते हुने निर्वाचनको सम्पूर्ण तयारी भएको छ ।

आगामी तिन बर्षे कार्यकालका लागि भोली बिर्तामोडको अग्रशेन भवनमा निर्वाचन गर्न सबै तयारी पुरा भएको आज अतिथि सदनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत शेखरप्रसाद ढकालले जानकारी दिएका छन् ।

आईतबार विहान ८ बजे देखि साँझ ५ बजे सम्म हुने निर्वाचनलाई विगतको बर्षहरुमा भन्दा यस बर्ष अलिक व्यवस्थित गर्ने बताईएको छ । मतदातालाई छिटो छरितो मतदान गर्नको लागि डिजिटल प्रणालीबाट मतदाताको नाम रुजु गर्ने, ९ वटा लाईनको व्यवस्था, महिला पुरुषको फरक लाईन, सबै लाईनमा सिसी क्यामरा जडान जस्ता सुरक्षा र सुविधाहरु रहने अधिकृत ढकालले बताए ।

अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उद्योग उपाध्यक्ष १, बाणिज्य उपाध्यक्ष १, जनसम्पर्क उपाध्यक्ष महिला १, महासचिव १, उद्योग सचिव १, बाणिज्य सचिव १ कोषाध्यक्ष १, सहकोषध्यक्ष महिला १ त्यसैगरी सदस्य खुल्ला ७, सदस्य महिला २ गरि १९ सदस्यीय कार्य समिति निर्वाचन प्रक्रियाबाट चयन हुनेछन् ।

निर्वाचनमा ३९ जनाको उम्मेदवारी परेकोमा विधान कमोजिम आवश्यक प्रक्रिया (प्रमाण) नपुगेका जनसम्पर्क उपाध्यक्ष महिला १, सदस्य खुल्ला २, र सदस्य महिला १ गरी ४ जनाको उम्मेदवारी रद्व गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै उममेदवारी रद्व भए पछि जनसम्पर्क उपाध्यक्ष पदमा एक जनाको मात्र उम्मेदवारी रहे पछि उम्मेदवार नैनकला भट्टराईलाई र्निविरोध जनसम्पर्क महिला उपाध्यक्ष भएको समितिले घोषणा गरेको छ ।

बिर्तामोड उद्योग बाणिज्य संघमा हाल पूर्व अध्यक्ष ११ जना सहित ४ हजार ५ सय ५० जना मतदाता संख्या रहेका छन् ।
निर्वाचनलाई परिचालन गर्न एक जना मुख्य निर्वाचन अधिकृत, १६ जना निर्वाचन अधिकृत लगायत ४२ जनाको निर्वाचन टोली रहेको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 312

प्रतिक्रिया (०)

सम्बन्धित खबर