Aamsanchar

मानव अधिकार तथा शान्ति समाजको वरिष्ठ उपसभापतिमा दाङका बस्नेत निर्बाचित

Author Image
आइतवार, फागुन २३, २०७७

दाङ ।  मानव अधिकार तथा शान्ति समाजको वरिष्ठ उपसभापतिमा दाङका सुशील बस्नेत निर्बिरोध निर्बाचित भएका छ्न । कास्कीको पोखरामा फागुन २१ र २२ गते सम्म जारी रहेको राष्ट्रिय परिषद् बैठकबाट बस्नेत निर्बिरोध निर्बाचित भएका हुन । २०५३ सालमा वरिष्ठ मानब अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा शान्ति समाज स्थापना भएको थियो । शान्ति समाजको २४ औ राष्ट्रिय परिषद् आगामी बर्ष कपिलवस्तुमा हुने भएको छ । नव निर्बाचित वरिष्ठ केन्द्रिय उपसभापति बस्नेत २ दशक देखि शान्ति निर्माण,लोकतन्त्र,अहिसा र मानव अधिकारको संरक्षण र प्रबर्द्धनमा सकृय रुपमा लागेका छ्न ।

बस्नेत लामो समय देखि पत्रकारिता क्षेत्रमा पनि त्यतिकै सकृय छ्न । शान्ति समाज दाङको जिल्ला सदस्य , सह सचिव ,३ कार्यकाल सचिब , जिल्ला सभापति , केन्द्रीय सदस्य , केन्द्रिय सचिब , केन्द्रिय महासचिव हुदै वरिष्ठ उपसभापतिको जिम्मेवारीमा बस्नेत निर्बिरोध निर्बाचित हुनसफल भएका छ्न । नबनिर्बाचित बस्नेतले शान्ति संस्कृतिको बिकास , मानब अधिकारको सुनिश्चितता, लोकतन्त्रको संरक्षण र सुशासन प्रबर्द्धनमा अझै सशक्त अगाडि बढ्ने प्रतिक्रिया दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 305

प्रतिक्रिया (०)

सम्बन्धित खबर