Aamsanchar

आजको सुन मूल्य

Author Image
शुक्रवार, फागुन २८, २०७७

शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य केही बढेपनि शुक्रबार पुनः घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यसअघि बिहीबार सुनको मूल्य तोलामा ८६ हजार ८०० र बुधबार ८६ हजार २०० नै रुपैयाँ रहेको थियो ।
यस्तै शुक्रबार तेजावी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच शुक्रबार चाँदीको मूल्य पनि घटेर तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ। यसअघि बिहीबार चाँदीको मूल्य तोलामा १२८५ रुपैयाँ रहेको थियो ।

Views: 497

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्याे
सोमवार, माघ २६, २०८२
अण्डाको मूल्य घट्यो
सोमवार, माघ २६, २०८२