Aamsanchar

पार्टीको बैठक नै नराखी नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसियो ( नवनियुक्त पदाधिकारीको नामसहित )

Author Image
शुक्रवार, फागुन २८, २०७७

काठमाडौं –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् । सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि ब्युँतिएको एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाएका छन् । तर बैठकको एक साताअघि नै आफ्नो समूहको बैठक राखेर ओलीले महासचिवबाहेकका सबै पदाधिकारी हटाएका छन् ।

बैठकले साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा आफ्नो समूहले गरेको नियुक्तिलाई नै निरन्तरता दिने निर्णय गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश २ का सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै छन् । उनीहरु ओली पक्षका नेताहरु हुन् । यस्तै विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराई तोकिएका छन् ।

कसको जिम्मेवारी के तोकियो ?

प्रदेश १

इन्चार्ज – सुवासचन्द्र नेम्वाङ
अध्यक्ष- देवराज घिमिरे
सचिव – विनोद ढकाल

प्रदेश २

इन्चार्ज – सत्यनारायण मण्डल
अध्यक्ष – प्रभु साह,
सचिव – सुमन प्याकुरेल

बाग्मती

इन्चार्ज – रामबहादुर थापा बादल
अध्यक्ष- आनन्द पोखरेल
सचिव – खेम लोहनी

गण्डकी

इन्चार्ज – पृथ्वीसुब्बा गुरुङ
अध्यक्ष – जगत विश्वकर्मा
सचिव – गोविन्द नेपाली

लुम्बिनी

इन्चार्ज – शंकर पोखरेल
अध्यक्ष – लीला गिरी
सचिव – खेममान खड्का

कर्णाली

इन्चार्ज – यमलाल कँडेल
अध्यक्ष – गुलाबजंग शाह
सचिव – धर्मराज रेग्मी

सुदूरपश्चिम

इन्चार्ज- लेखराज भट्ट
अध्यक्ष – कर्ण थापा
सचिव – राजेन्द्र सिंह रावल

विभागहरु

स्कुल विभाग प्रमुख – केपी शर्मा ओली

संगठन विभाग प्रमुख – विष्णु पौडेल

विदेश विभाग प्रमुख – राजन भट्टराई

सम्पर्क कमिटी र कोष तथा आर्थिक विभाग प्रमुख – छविलाल विश्वकर्मा

संसदीय विभाग प्रमुख – सुवास नेम्वाङ

निर्वाचन विभाग प्रमुख – विष्णु रिमाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर