Aamsanchar

झापा उद्योग संघको निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण

Author Image
शनिवार, फागुन २९, २०७७

झापा- झापा उद्योग संघमा आगामी तीनवर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिले शनिबारदेखी कार्यभार सम्हालेको छ । नवनिर्वाचित अध्यक्ष यमबहादुर श्रेष्ठलाई संघकै सभाहलमा आयोजित समारोहका बीच माइन्यूट दिँदै वर्तमान अध्यक्ष टिकाराज ढकालले पद हस्तान्तरण गरेका हुन् ।

समारोहका प्रमुख अतिथि सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डरिाज ढकालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ओहोदाको प्रमाणपत्र वितरण गरे भने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत गोपाल गिरीले खादा–माला पहिर्याएर सम्मान गरे ।

महासचिव दुर्गाप्रसाद भण्डारीले सञ्चालन गरेको समारोहमा प्रमुख अतिथि ढकालले शुभकामना मन्तव्य राख्दै संघको गरिमा उच्च राख्न र उद्योगीहरुको समस्या समाधानमा नवनिर्वाचित कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै भद्रपु्र नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भद्रपुर नगरपालिकाले औद्योगिक ग्राम स्थापनाका लागि प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै त्यसका लागि आवश्यक सुझाव–सल्लाह दिन उद्योगी–व्यवसायहिरुलाई आग्रह गरे ।

समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तारानाथ घिमिरे, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु, भद्रपुर नगरपालका वडा नं ५ का वडाध्यक्ष बन्धु कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर