Aamsanchar

पाँचहजार बौद्ध अनुयायीलाई अभिषेक

Author Image
शनिवार, असोज २९, २०७३

काठमाडौँ

। चुच्चेपाटीस्थित आनी गुम्बामा करिब पाँच हजार महायानी सम्प्रदायका बौद्ध अनुयायीले अभिषेक लिएका छन् ।

हिमाली शेर्पा समाजले यही असोज ९ गतेदेखि आजसम्म आयोजना गरेको १४औँ मणि तेङ्ग्युर कार्यक्रममा आज विशेष पूजा सम्पन्न गरी अनुयायीले अभिषेक लिएका हुन् । सो अभिषेक लिएमा दीर्घ जीवन प्राप्त हुने विश्वास छ ।

अन्तर्राष्ट्रियस्तरका गुरु चिप्री लोपन टुल्कु रिन्पोछेले विशेष प्रक्रिया पूरा गरी विधिविधानपूर्वक अनुयायीलाई सो अभिषेक दिँदै मानव कल्याणका लागि लाग्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा २१ दिनसम्म विश्व शान्तिका लागि १० करोड मन्त्र जप पूरा गरिएको छ । ‘ओम मणि पद्मे हुँ’ मन्त्र जप गरिएको र सो मन्त्र पाठ गर्दा देवलोक, असुरलोक, मनुष्यलोक, पशुलोक, प्रेतलोक र नरकलोकबाट मुक्त भइने विश्वास रहेको बौद्ध विद्वान् टीका शेर्पाले जानकारी दिनुभयो ।

हिमाली शेर्पा समाजका अध्यक्ष दावा शेर्पाले हरेक वर्ष यस किसिमको पूजा गरी सङ्कलन भएको रकमलाई सामाजिक कार्यमा लगाइने बताउनुभयो ।

उक्त कार्यक्रममा संयोजक फुर्वा शेर्पाले करुणा, ज्ञान र शक्तिका प्रतीकका रुपमा लिइएको बोधिसत्वलाई स्मरण गर्दै लोकेश्वरको मन्त्र वाचन गरिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर