बिर्तामोड । झापाको गौरादहमा वृहत स्वास्वाथ्य शिविर तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ ।
गौरादह–विराटनगर सम्पर्क समाजको आयोजनामा आयोजित स्वास्थ्य शिविरमा सयौंले स्वास्थ्य सेवा लिएको र दुईजनालाई नागरिक अभिन्नद गरिएको आयोजक समितिका संयोजक दिलिप भण्डारीले जानकारी दिए ।
आईबार जनता माध्यमिक विद्यालयको प्राङगढमा भएको कार्यक्रम समाजका अध्यक्ष ईन्द्र न्यौपानेको अध्यक्षता र प्रदेश १ प्रमुख सोमनाथ प्यासी अधिकारीको प्रमुख आतिथ्यताका सम्मन भएको थियो ।
स्वास्थ्य शिविर सम्पन्न गर्न स्थानिय संघ संस्थाहरुको पनि सहयोग रहेको थियो । सहयोगी संस्थाहरुमा गौरदह वडा नम्बर १ को कार्यलय, शुभलक्ष्मी सहकारी संस्था, नमस्ते बचत तथा ऋण सहकारी, पूर्वनेपाल सहकारी, सप्तकोशी विकास बैंक, एनएमसी सहकारी, न्यु पब्लिक कृषि सहकारी, मेडिम्याक्त अस्पताल, धिमिधिमे युवा क्लव लगायतका संस्थाहरुको सहयोगी भूमिका रहेको कार्यक्रमका अध्यक्ष न्यौपानेले जनाकारी दिए ।
‘झापाकै पुरानो बजार गौरादह भएपनि स्वास्थ्यको हिसावमा अझै पनि पर्याप्त स्वास्थ्य सुविधा लिने सहज वातावरण बनी सकेको छैन्’। ‘सामान्य जीवन यापन गर्दै आउनेहरुकालागि समाजले आयोजना गरेको स्वास्थ्य शिविर निकै लाभदायी बनेको’ सेवाग्राहीहरुले बताएका छन् ।
निशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरहरुको समुहले विधागत स्वास्थ्य जाँच गरेका थिए । शिविरमा जेनेरल मेडिसिन तथा मुटुरोग, प्रसूति तथा स्त्री, बाल, शल्यक्रिया, मानसिक तथा नसा, हार्डजोर्नी, छाला तथा यौन, नाक, कान, घाँटी, आँखा परिक्षण तथा उपचार साथै चस्मा खरिदमा ५० प्रतिशत छुट, दन्त सेवा, न्युरो सर्जजी, भिडियो एक्सरे, ईसिजी, र ल्याव सेवा उपलब्ध गराईएको थियो । स्वास्थ्य शिविरमा १५ सय भन्दा धेरै सर्वसाधारणहरुले स्वास्थ्य सेवा लिएको अध्यक्ष ईन्द्र न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा हिजोका दिनमा गौरादह बनाउन सामाजिक योगदान गर्नेहरु डिठ्ठा नरबहादुर बस्नेत (स्व.) र देवीप्रसाद काफ्ले (स्व.)लाई मरणोप्रान्त नागरिक अभिनन्दन गरिएको छ । स्वर्गीय बस्नेतको अभिनन्दन उहाँकी श्रीमती कमला बस्नेत र स्वर्गीय काफ्लेको अभिन्नदन पत्र उहाँकी जीवन संगीनी नर्बदा काफ्लाई संविधानसभा सदस्य नेता दिपक कार्कीले प्रदान गरेका थिए ।
एक दिने निशुल्क स्वास्थ्य शिबिर तथा नागरिक अभिनन्दन कार्यक्रममा प्रमुख अतिथि प्यासी, विशेष अतिथि दिपक कार्की, गौरादह नगरपालिका नगर प्रमुख रोहित साह, गौरादह नगरपालिका १ का वडाध्यक्ष नगेन्द्र भण्डारी लगायतका व्यक्तीहरुले मन्तव्य रोखेका थिए ।