Aamsanchar

जुवाडे र ठगी गर्ने पक्राउ

Author Image
आइतवार, असोज ३०, २०७३

चौतारा ।

ठगी मुद्दाको अभियोगमा कैद सजाय भोगिरहँदा फरार अभियुक्तलाई प्रहरीले बाह्रबिसेबाट पक्राउ गरेको छ ।

कैद सजाय भोगिरहेका सिन्धुपाल्चोक बाह्रबिसे–४ धार्पा निवासी दीपक लामा गतवर्षको भूकम्पपछि फरार भएकामा शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्त लामालाई ठगी मुद्दामा जिल्ला अदालतले २०६९ साउनमा पाँच वर्ष कैद र रु दुई लाख जरिवानाको फैसला गरेको थियो । त्यसैगरी, निजलाई ठगी अभियोगमा नै जिल्ला अदालत भक्तपुरले २०७० असारमा चारवर्ष ११ महिना पाँच दिन कैद र रु पाँच लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।

भूकम्पपछि फरार २१६ कैदीमध्ये हालसम्म १०७ जना पक्राउ परेका जिल्ला कारागारले जनाएको छ ।

नगदसहित जुवाडे पक्राउ

यसैबीच, सिन्धुपाल्चोकको चौतारा नगरपालिका–१ पिपलडाँडामा जुवा खेलेको अभियोगमा नगदसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार बेलुका जुवा खेलिरहेको अवस्थामा रु २९ हजार ६२० नगदसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नियन्त्रणमा लिइएको रकमको पचास प्रतिशत चौतारास्थित वृद्धाश्रम र पिपलडाँडास्थित पलाञ्चोक भगवती मन्दिर निर्माणका लागि प्रदान गरिएको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । पक्राउ गरिएका पाँचैजनालाई आजै रिहा गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर