Aamsanchar

नराम्रो सपना देखेमा यसो गर्नुहोस्

Author Image
आइतवार, असोज ३०, २०७३

sapanaसपना सबैले देख्ने चिज हो ।कुनै राम्रो सपना देखिन्छ भने कुनै डर लाग्दो पनि देखिन्छ । कसैले भने सधैँ डरलाग्दो सपनाहरु देख्ने गर्दछन । जसले गर्दा उनिहरु दिक्क भएका हुन्छन् । डर लाग्दा देखिने सपनाहरु बाट छुटकारा पाउने केहि उपायहरु

१.उति खेरै निदाउनुहोस्
नराम्रो वा डर लाग्दो सपना देखे पछि हामीहरु निदाउन सक्दैनउ र आदी रातमा ब्युजियर पनि बसिरहेका हुन्छौँ। तर यसो गर्नु हुदैन । जे जस्तो सपना देखे पनि निडर भई पुन निदाउने प्रयास गर्नुपर्छ । जसले गर्दा हामी फेरि अर्काे सपना देख्न थाल्छौ र बिहान उठदा नयाँ सपना दिमाखमा आई त्यो पुरानो सपनालाई बिर्सिन सक्दछौ ।

२.कसैलाइ सपनाको बारेमा नभन्नुहोस्
सबैको बानी हुने गर्दछ कि सपनामा देखेको सम्पुर्ण कुराहरु भन्ने तर यसो गर्नु हुदैन । सपनामा देखेको नराम्रो कुराहरुलाई उहि दिन भुलिदिनुपर्छ । कसैलाई नभनि दिमाख बाट नै हटाईदिनुपर्छ |

३.नुहाउनुहोस्
शास्त्रका अनुसार बिहानै उठेर स्नान गर्दा धेरै नै फाइदा हुन्छ । बिहान उठेर नुहाउदा मानिसलाइ शारिरीक र मानसिक दबै कुरामा धेरै फाईदा पुग्छ । र शुद्ध पनि हुने हुन्छ । मात्र बिहान उठेर नुहायो भने पनि सपनामा देखिने डर लाग्दा कुराहरुबाट केहि राहात पाउन सकिन्छ । जसले डर लाग्दा सपनाहरु देख्नुहुन्छ उहाँहरु सधै बिहान र सुत्नु भन्दा अघि राती नुहाउनुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर