ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेमा महिलाको शव भेटिएको छ। नानीलाई विद्यालय पुर्याउन हिँडेकी ३१ वर्षीया बिमला डाँगी बस्नेतको शव भेटिएको हो। बुधबार बिहान नानीलाई विद्यालय पुर्याउन हिँडेकी बस्नेतलाई बेलुका ९ बजे स्थानीयले मृत भेटेका थिए।
घाँटीमा पासो लगाएको अवस्थामा भुईंमा शव रहेको स्थानीय दिपक बस्नेतले जानकारी दिए। टाढाबाट हेर्दा शरिरभरी निलडाम देखिएको उनले बताए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख बालनरसिंह राणाको टोली पुगेको छ।
‘म भर्खरै घटनास्थल आइपुगेँ। अनुसन्धान सुरु गरेका छौं,’ राणाले भने, ‘अहिल्यै थप भन्न सक्ने अवस्था छैन।’ स्थानीयका अनुसार बुधबारै दिउँसो १२ बजेदेखि बिमलाका जेठाजु नाताका घनश्याम बस्नेत पनि बेपत्ता भएका छन्। मृतकका श्रीमान कुमार बस्नेत झापामा बस्दै आएका छन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 189