Aamsanchar

भारतको मुम्बईमा एक निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु

Author Image
शुक्रवार, चैत १३, २०७७

काठमाण्डौ – भारतको मुम्बईमा रहेको एक निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ । मुम्बईको सनराइज अस्पतालमा आगलागी भएको हो ।

अस्पतालमा रहेका कोरोना सङ्क्रमित ७० जना भन्दा धेरै बिरामीलाई अर्कै अस्पतालमा सारिएको त्यहाँका मेयरलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । आगलागीको कारण खुलेको छैन । आगो निभाउन २५ भन्दा धेरै दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 345

प्रतिक्रिया (०)

सम्बन्धित खबर