Aamsanchar

कांग्रेस नेता देउमान थेबेका दाजुसहित दुर्घटनामा २ को मृत्यु

Author Image
सोमवार, कार्तिक १, २०७३

झापा ।
यात्रुबहाक बसको ठक्करबाट सोमबार बिहान झापाको कनकाई नगरपालिका – २ स्थित जुकेकल्भर्टमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १ ख ३५९६ नम्वरको वसले पूर्व जादैै गरेको मे ५ प ३८५३ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कनकाई नगरपालिका – ३ निवासी ५७ वर्षीय तीलविक्रम थेवे र सोही ठाउँ निवासी ६० वर्षीय अग्नि भेटवाल रहेका छन् ।
थेवे र भेटवाल मोटरसाइकलमा सवार थिए ।
ठक्कर दिने वस र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ । मृतक थेबे नेपाली कांग्रेसका महासमिति सदस्य देउमान थेबेका माइला दाजु हुन् । उनी कांग्रेसका सक्रिय सदस्य थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)