Aamsanchar

भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २५८ जनालाई कोरोना पुष्टि

Author Image
शनिवार, चैत १४, २०७७

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २५८ जनालाई कोरोना भाइरस(कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा बढी जोड कोभिड खोप दिइएको छ । तर कोरोना संक्रमणको दोस्रो लहर फैलिएका कारण संक्रमितको संख्या लगातार बढेको छ ।

सरकारी अधिकारीहरुका अनुसार महाराष्ट्र, पञ्जाब र गुजरातमा सबैभन्दा धेरै संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा २९१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर