Aamsanchar

सेना दिवसकै दिन म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ९० भन्दा धेरै प्रदर्शनकारीको ज्यान गयो

Author Image
आइतवार, चैत १५, २०७७

काठमाण्डौ-म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन ९० जनाभन्दा धेरै प्रदर्शनकारी मारिएका छन् । नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा लागेकाहरुमाथि त्यहाँको सेनाले गोली प्रहार गर्दा ९० जनाको ज्यान गएको हो ।

हिजो सेना दिवसकै दिन सेनाले चलाएको गोली लागेर मारिनेमा बच्चासहित ९० जनाभन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । म्यानमारको सेनाको यो कदमप्रति अमेरिका, बेलायत र युरोपियन युनियनका अधिकारीहरुले निन्दा गरेका छन् । बेलायतका राजदूत डान चगले विज्ञप्ति निकालेर निर्दोष नागरिकमाथि गोली चलाएर म्यानमारको सेनाले आफ्नो प्रतिष्ठा गुमाएको भन्दै विरोध गर्नुभएको छ ।

घटनास्थलमा रिपोर्टिङमा रहेका एक पत्रकारका अनुसार त्यहाँ प्रदर्शनकारीहरुमाथि प्रहरीले नै गोली चलाएको बताएको बीबीसीले खबर लेखेको छ । म्यानमारमा सेना विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारीहरुले ज्न्यान गुमाइसकेका छन् ।

प्रदर्शनकारीमाथि गोली चल्दै गर्दा सेना दिवसको अवसरमा म्यानमारका सैनिक प्रमुख जनरत मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनःस्थापित गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले सेना नै सत्तामा आउनुपर्ने र नेतृ आङ सान सुकी र सुकी नेतृत्वको पार्टीले अवैध काम गरेको आरोपसमेत लगाउनुभएको छ । प्रदर्शनकारीहरुमाथि गोली हान्ने आदेश दिएकाबारे भने उहाँले केही खुलाउनुभएको छैन् । तर सेना प्रमुख लाइङले प्रदर्शनकारीहरुले नै गोली चलाउन थालेको आरोप लगाउनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 320

प्रतिक्रिया (०)

सम्बन्धित खबर