Aamsanchar

भारतमा दैनिक बढ्दै कोरोना संक्रमितको संख्या,पछिल्लो २४ घण्टामा ६८ हजार थपिए

Author Image
सोमवार, चैत १६, २०७७

भारतमा पछिल्लो २४ घण्टामा ६८ हजार कोरोना संक्रमित थपिएका छन्। केही दिनयता कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको भारतमा संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। भारतमा हालसम्म एक करोड २० लाख ३९ हजारमा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये एक लाख ६१ हजार ८८१ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै २९५ जनाको मृत्यु भएको छ।

यस्तै‚ पछिल्लो २४ घण्टामा ब्राजिलमा ४४ हजार ३००, अमेरिकामा ४० हजार ३००, फ्रान्समा ३७ हजार, पोल्याण्डमा २९ हजार ३०० र टर्कीमा २९ हजारसहित विश्वभर ४ लाख ७२ हजार जनामा संक्रमण पुष्टि भएको छ।

सोही अवधिमा ब्राजिलमा एक हजार ६०५, मेक्सिकोमा ५६७, अमेरिकामा ४७२, रसियामा ३३६, इटलीमा २९७ र हंगेरीमा २२० सहित विश्वभर साढे ६ हजारजना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित विश्वभर हालसम्म मृत्यु हुनेको संख्या २७ लाख ९५ हजार ५०० पुगेको छ। १२ करोड ७७ लाख मानिसमा संक्रमण पुष्टि भएकोमा १० करोड २९ लाख मानिस संक्रमणमुक्त भइसकेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 453

प्रतिक्रिया (०)

सम्बन्धित खबर