Aamsanchar

मोदीको बंगलादेश भ्रमण विरुद्धमा भएको आन्दोलनमा थप दुईजनाको मृत्यु

Author Image
सोमवार, चैत १६, २०७७

काठमाडौं –बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरुद्धमा सुरु भएको आन्दोलनमा आइतबार थप दुईजनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म बंगलादेशमा उक्त भ्रमणको विषयलाई लिएर भएको आन्दोलनमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

विशेषगरी इस्लामिक कट्टरपन्थी हेफाजत ई इस्लाम समुहले हिन्दू–राष्ट्रवादी भारतीय प्रधानमन्त्रीको भ्रमणको विरोधमा आन्दोलन गरिरहेको छ । मोदी गत शुक्रबार ५०औं स्वतन्त्रता दिवसको अवसरमा बंगलादेश भ्रमणमा गएका थिए । उनको भ्रमणपछि बंगलादेशमा आन्दोलन चर्किएको हो । उक्त आन्दोलनको क्रममा बंगलादेशमा शुक्रबार पाँच जनाको मृत्यु भएको थियो भने शनिबार पनि ६ जनाको मृत्यु भएको थियो ।

प्रहरीले भने आन्दोलनकारीले सडक अवरुद्ध गराउँदै प्रहरीमाथि आक्रमण गरेकाले आफ्नो सुरक्षाको लागि गोली चलाउँदा प्रदर्शनकारीहरुको मृत्यु भएको बताएको छ । प्रहरीका अनुसार मोदीको भ्रमणको विरोधमा भएको प्रदर्शनमा करिब तीन हजार प्रदर्शनकारी सहभागी थिए । उनीहरुले मोदीविरुद्ध नारा लागाउँदै प्रहरीले चलाएको गोली लागी मृत्यु भएको विषयमा अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

बंगलादेशका गृहमन्त्री असादुज्जामन खानले उनले यो आन्दोलन नरोकिए थप कदम चालिने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर